
नेपालीकांग्रेसका नेता स्वर्गीय भीमबहादुर तामाङको स्मृतिमा दोलखामावाग्मतीप्रदेश स्तरीय भीमबहादुर तामाङ स्मृतिकपखुल्लाभलिबलप्रतियोगिताहुने भएको छ ।
तामाङको १३ औँ स्मृतिदिवसकाअवसरमा नेपालीकांग्रेस दोलखाप्रदेश ‘क’ ले प्रतियोगिताआयोजना गर्न लागेको हो ।
खेल आगामी चैत १३ देखि १६ गतेसम्म दोलखाको बैतेश्वर गाउँपालिका–३ मिर्गे बजारमा हुने नेपालीकांग्रेस दोलखकाप्रदेश ‘क’ का सभापतिशुक्रराजतामाङले जानकारी दिए ।
प्रतियोगितामाप्रथमहुनेले ४ लाख रुपैँयानगद पुरस्कार पाउने भएको छ । त्यस्तै दोस्रो हुनेले नगददुई लाख, तेस्रो हुनेले नगद एक लाख र सान्त्वनाहुनेले नगद ५० हजार रुपैँया पुरस्कार शिल्ड, मेडल र प्रमाणपत्रपाउने आयोजकले जनाएको छ । प्रतियोगिताकाउत्कृष्ट खेलाडीलाई पनि पुरस्कार प्रदान गरिने छ ।