
सिङ्गापुरसँगकाे मैत्रीपूर्ण खेल र मलेसियासँगको एएफसी एसियन कप छनोटका लागि अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले राष्ट्रिय टोलीका सहायक प्रशिक्षक तथा सपोर्टिङ स्टाफ नियुक्त गरेको छ ।
एन्फाले सहायक प्रशिक्षकमा सल्यान खड्गी र गोलकिपिङ प्रशिक्षकमा विनोद महर्जनलाई नियुक्त गरेको हो । यस्तै टिम म्यानेजरमा रमेशकुमार कार्की, सहायक टिम म्यानेजरमा नकुल हमाल ठकुरी र टोलीको फिजियोथेरापिस्टमा निशान्त जोशी नियुक्तगरेका छन् ।
नियुक्त सहायक प्रशिक्षक र सपोर्टिङ स्टाफलाई एन्फाका महासचिव किरण राईले नियुक्तिपत्र हस्तातरण गर्नुभएकोहो ।