२ गोलले पराजित भयो म्यानमारसँग नेपाल

१३औं फाइनलमा हारपछि नेपालको ‘उपविजेता’ ट्याग अझै हट्न सकेन, फाइनल जिंक्स अझै तोड्न सकेन ।

एन्फाले म्यानमार, लेबनान र कीर्गिस्तान बोलाएर पहिलो पटक चार राष्ट्र सहभागी भएको इन्टरनेसनल वुमन्स फुटबल आयोजना गरेको थियो । बुधबार दशरथ रंगशालमा १५ हजारभन्दा बढी दर्शकको माझ भएको च्याम्पियनसिपको फाइनलमा नेपाल म्यानमारसँग २-० ले पराजित भएपछि फेरि उपविजेतामै सीमित भएको हो। नेपालको महिला टिमले अन्तर्राष्ट्रिय फुटबल खेल्न थालेको चार दशक छुन लाग्दा पछिल्लो डेढ दशकमा नेपालले अन्तर्राष्ट्रिय स्तरमा उत्कर्ष्ट प्रदर्शन गर्दै आएको हो। यसको बिचमा नेपालले १३ फाइनल खेलेको हो ।नेपाल सबैभन्दा धेरे साफ वुमन्स च्याम्पियनसिपको फाइनलमा पराजित भएको छ।

नेपाल भन्दा म्यानमार वरियतामा धेरै अघि छ र म्यानमारको स्तर पनि राम्रो छ । तर यही प्रतियोगिताको लिग चरणमा नेपालले म्यानमारलाई २-२ को बराबरीमा रोकेर म्यानमारसँग टक्कर दिन सक्ने सन्देश दिएको थियो ।दोस्रो हाफमा म्यानमारले राम्रोसँग खेल्यो र दुई गोल गर्‍यो । नेपालले गोल पर्काउन प्रयास गरेपनि सफल भने भएन । हजारौं दर्शकको अगाडि फेरि एक पटक पराजित हुँदा नेपाली खेलाडी निराश भएका छन्। समर्थकको पनि नेपाली महिला टिमले ट्रफी उचालेको हेर्ने चाहना भने अझै पूरा हुन सकेन ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ