
गण्डकी र तेजस्वी एकेडेमी आठौं टप्स अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा बुधबार फाइनलमा प्रवेश गरेका छन् ।
तार्केश्वर नगरपालिकाको साङलास्थित ल्यान्डमार्क एकेडेमीमा भएको सेमिफाइनलमा गण्डकीले बेलमाउन्टलाई ३२–१३ ले पराजित ग¥यो । गण्डकीको जितमा कलश भुजेलले १० अंक योगदान गरे । रविन श्रेष्ठको ११ अंक सहयोगमा तेजस्वीले नवोदितलाई ४६–३३ ले हरायो ।
टिम अफ प्रोग्रेसिभ स्कुल (टप्स) को आयोजनामा भइरहेको प्रतियोगिताको सिनियर गल्र्समा बेलमाउन्ट र ल्यान्डमार्क उपाधिका लागि भिड्ने भएका छन् ।
बेलमाउन्टले ह्वाइट हेभेनलाई २२–१४ ले पाखा लगायो । बेलमाउन्टकी समिक्षा मगरले १० स्कोर गरिन् । ल्यान्डमार्कले संस्कृति शिक्षा सदनलाई २९–१२ ले पन्छायो । ल्यान्डमार्ककी सगुनी देवकोटाले ९ अंक जोडिन् । फाइनल बिहीबार हुनेछ ।
