इन्टरनेशनल वुमन्स च्याम्पियनसिप उपाधिमाथि दुबै टिम को जित्ने लक्ष्य

१३ फागुन, काठमाडौं । इन्टरनेशनल वुमन्स च्याम्पियनसिपको उपाधिका लागि घरेलु टोली नेपाल र म्यानमारबीच बुधबार फाइनल खेल हुँनेछ ।

दुवै टोलीले फाइनलका लागि तयार भएको बताएका छन् । मंगलबार भएको प्रि म्याच प्रेस कन्फ्रेन्समा दुवै टोलीले फाइनलका लागि तयार रहेको र उपाधि जित्ने दाबी गरेका छन् ।

नेपालका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले यसअघिका तीन खेल राम्रो भएको र फाइनलका लागि तयार भएको बताए । ‘तीन खेल खेल्याैं, राम्रो भएको दाबि गरे । यस्तै कप्तान एन्जिला तुम्बापो सुब्बाले पनि अहिलेसम्म सबैले राम्रो खेलेको र अब उपाधिका लागि फाइनलमा फाइट गर्ने बताइन् । ‘समग्रमा सबै खेल राम्रो भयो । सबैले राम्रो खेल्नुभयो । अहिलेसम्म सिल्भर मेडलमा छाैं । भोलि गोल्डका लागि फाइट गर्नेछाैं’ उनले भनिन्, ‘दुवै टिम उपाधिका लागि खेल्छन् । जसले राम्रो खेल्छ उसैले जित्ने हो ।

हामी हाम्रो बेस्ट दिनेछाैं एन्जिला तुम्बापो सुब्बाले बताइन ।

म्यानमारका प्रशिक्षक र कप्तानले पनि फाइनलका लागि तयार भएको बताए । ‘फाइनलका लागि तयार छाैं, आशा छ भोलि राम्रो खेल हुनेछ’ म्यानमारका प्रशिक्षक तेत्सुको युकीले भने । हाम्रो खेलाडीहरू फाइनलका लागि तयार छन् । फाइनलमा राम्रो खेल्ने आशा छ’ म्यानमारका कप्तान वेन थेइङ्गी तुनले भनिन् ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ