अक्सफोर्डलाई गुरुकुल फुटसल उपाधि

गुरुकुल एजुकेसनद्वारा आयोजित हब इन्टरनेसनल गुरुकुल फुटसल प्रतियोगिताको उपाधि अक्सफोर्डले जितेको छ ।
बुटवलमा भएको प्रतियोगिताको दोश्रो संस्करणको फाइलनमा अक्सफोर्डले नवीन औद्योगिक कदरबहदुर रिता मा।वि। लाई ३–१ गोलले पराजित ग¥यो । विजेताले २० हजार तथा उपविजेताले १० हजार नगद पुरस्कार हात पारे । सेन्ट जोसेफले अनुशासित टिमको ट्रफी हात पा¥यो ।
एकदिने प्रतियोगिताको रुपन्देही जिल्ला फुटबल संघका अध्यक्ष एवं तिलोत्तमा खेलकुद विकास समितिका संयोजक लोक पुनले उद्घाटन गर्नुका साथै विजेतालाई पुरस्कृत पनि गरे । प्रतियोगितामा १६ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ