टेबलटेनिस सम्पन्न

समाज परिवर्तनका लागि खेलकूद“ भन्ने नाराका साथ अपांगता भएका व्यक्ति र नभएका व्यक्तिबीचको समावेशी टेबलटेनिस प्रतियोगिता सम्पन्न भएको छ । राष्ट्रिय शारीरिक अपांग टेबुलटेनिस संघ नेपालको आयोजनामा खगेन्द्र सामूदायीक हलमा २५ जना खेलाडीहरूलाई हप्ताको ३ दिनका दरले ३ महिनासम्म तालिममा सहभागी गराइ अन्त्यमा प्रतियोगिताबाट प्रथम, दोश्रो र तेश्रो छनोट गरी प्रमाणपत्र र मेडल प्रदान गरिएको थियो । त्यसैगरी प्रशिक्षण कार्यक्रममा सहयोग गर्नु हुने रितिज जोशी र कुशल न्याछ्यौलाइ संस्थाले सम्मान पत्र पनि प्रदान गरेको थियो ।
संस्थाका अध्यक्ष गणेश के।सी।को अध्यक्षतामा सम्पन्न भएको समापन समारोह कार्यक्रममा राष्ट्रिय पारालिम्पिक कमिटिका बरिष्ठ उपाध्यक्ष केदारबाबु सिवाकोटीको प्रमुख अतिथिको रूपमा कार्यक्रममा बोल्नु हुँदै टेबुलटेनिस खेलको प्रबर्धन र विकाश गर्नका लागि आफू निरन्तर लागि रहने र सहयोग गर्न तयार रहेको बताउनु भयो । त्यसै गरी प्रशिक्षक तथा सहयोगी रितिज जोशीले पनि अबका दिनमा खेललाई अगाडि बढाउन आफ्नो सहयोग रहने बताउनु भयो । तीन महिनासम्म चलेको कार्यक्रमको प्रशिक्षण तथा संयोजन गरेका प्रशिक्षक बसन्त भारतीले पनि आफूले पारा टेबुलटेनिस खेललाई सँधै सहयोग गरिरहने, राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन र प्रतियोगितामा सफलता प्राप्त गर्न सक्ने खेलाडी तयार गर्ने आफ्नो लक्ष्य रहेको बताउनु भयो ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ