मानबहादुर र कोपिलालाई स्वर्ण

नेपाल प्रहरीका मानबहादुर घले र नेपाली सेनाकी कोपिला बस्नेतले उपत्यकाव्यापी खुला सुटिङ प्रतियोगितामा शनिबार स्वर्ण जितेका छन् । सातदोबाटोस्थित सुटिङ रेन्जमा भएको प्रतियोगिताको एयर पेस्तोलतर्फ पुरुषमा मानबहादुर र महिलामा कोपिला पहिलो भएका हुन् ।


पुरुषमा सेनाका राजेन्द्र विष्ट र बागमती प्रदेशका विपेश खड्का तेश्रो भए । महिलामा सेनाकी ज्योतिका दाहालले रजत तथा प्रहरीकी मिना स्याङतान्ले कांस्य जिते ।
बागमती प्रदेशको तत्वावधानमा नेपाल सुटिङ संघले आयोजना गरेको प्रतियोगिताको पुरुष एयर राइफलमा सेनाका विनोद बस्नेत पहिलो, प्रहरीका अर्जुन थापा मगर दोश्रो र सेनाका नारायणसिंह दोङ तेश्रो भए । सो स्पर्धाको महिलामा सेनाकी दिपु घलेले स्वर्ण, सेनाकै राधा गुरुङले रजत र एपीएफकी रुपा आचार्यले कांस्य जिते ।


कुमार दर्शन मेमोरियल फाउन्डेसनको प्रायोजनमा भएको प्रतियोगिताअन्तर्गत एयर राइफलको मिक्स टिममा सेनाका विनोद बस्नेत र राधा गुरुङ पहिलो, एपीएफका सुनिल चन्द र रुपा आचार्य दोश्रो तथा प्रहरीका दिपेश राई र रत्ना चौधरी तेश्रो बने ।
प्रजातन्त्र दिवसको अवसरमा आयोजित प्रतियोगिताको सोही स्पर्धाको एयर पेस्तोलमा सेनाका राजेन्द्र विष्ट र ज्योति दाहाल, प्रहरीका मानबहादुर घले र मिना स्याङतान तथा बागमतीका विपेश खड्का र रुविना श्रेष्ठ क्रमशः शीर्ष तीन स्थानमा रहे ।
विजेतालाई नेपाल सुटिङ संघका अध्यक्ष पुष्पदास श्रेष्ठ, महासचिव प्रदिप खाती, बागमती प्रदेश सुटिङ संघ एवं प्रायोजक फाउन्डेनका अध्यक्ष राजु दर्शनलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । सबै स्पर्धा १० मिटर दूरीको थियो ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ