१३ औं दक्षिण एसियाली खेलकुदकी स्वर्ण विजेता सन्तोषी नगदसहित  सम्मानित

घट्टेकुलोस्थित सूर्योदय सेकेन्डरी बोर्डिङ स्कुलले धाविका सन्तोषी श्रेष्ठलाई शुक्रबार नगदसहित सम्मान गरेको छ । आफ्नो वाषिर्क खेलकुद दिवसका अवसरमा सन्तोषीलाई नगद १० हजारसहित प्रशंसा पत्रबाट सम्मान गरेको हो ।
सूर्योदयका संस्थापक भवानी केसी र संस्थापक प्रिन्सिपल लक्ष्यबहादुर केसीले ओलम्पियन सन्तोषीलाई सम्मान गरे । सन्तोषी १३ औं दक्षिण एसियाली खेलकुदकी स्वर्ण विजेता हुन् ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ