केपी ओली कप फुटबल फागुन ११ देखि १९ गतेसम्म

केपी ओली कप फुटबल प्रतियोगितामा ९ टोलीले प्रतिस्पर्धा गर्ने भएका छन् ।

दुई विदेशीसहित ९ टोलीले तेस्रो संस्करणको प्रतियोगिता खेल्ने आयोजक राष्ट्रिय युवा संघले जनाएको छ । प्रतियोगिता फागुन ११ देखि १९ गतेसम्म काठमाडौं र ललितपुरमा हुँदैछ ।

प्रतियोगितामा आहारारा पोखरा गोल्डकपको उपाधि जितेको उज्वेकिस्तानको ब्ल्याक बुल्स र भुटानको ट्रान्सपोर्ट युनाइटेड विदेशी टिमको रुपमा छन् । यस्तै नेपालबाट तीन विभागीय टोली त्रिभुवन आर्मी एफसी, नेपाल पुलिस क्लब र एपीएफ एफसीसँगै मच्छिन्द्र एफसी, न्युरोड टिम (एनआरटी) र संकटा एफसीले प्रतिस्पर्धा गर्नेछन् । आयोजकको टिम केपी एफसी पनि सहभागि हुनेछ ।

ए डिभिजन, विदेशीसहित ९ टोलीको सहभागिता रहेको प्रतियोगिताको विजेताले १५ लाख ११ हजार १ सय ११, दोस्रो टोलीले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रतियोगिताको क्वाटरफाईनलसम्मका खेल सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा तथा सेमिफाइनल र फाइनल त्रिपुरेश्वरस्थित दशरथ रंगशाला हुनेछ ।

प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीलाई १लाख, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट गोलकर्ता, उत्कृष्ट उदीयमान खेलाडीले समान रु ५० हजार रुपैयाँ प्राप्त गर्नेछन्।

हरेक खेलका प्लेयर अफ द म्याचले १५ हजार रुपैयाँ प्राप्त गर्नेछन्। हरेक खेल विजेता टोलीले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन्।

केपी ओली कपको पछिल्लो दुवै संस्करण मच्छिन्द्र क्लबले जितेको थियो।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ