अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको ट्रफी सार्वजनिक

आजदेखि काठमाडौंमा सुरू हुन लागेको अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको ट्रफी सार्वजनिक भएको छ ।

दशरथ रंगशालामा उपाधि विजेतालाई दिइने ट्रफी सार्वजनिक गरिएको हो । एन्फाका उपाध्यक्षद्वय दीपक खतिवडा र दावा लामा तथा महासचिव किरण राईले संयुक्त रुपमा ट्रफी सार्वजनिक गरेका थिए ।

नेपाल, म्यानमार, लेबनान र कीर्गिस्तान सम्मिलित अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता फागुन १४ गतेसम्म चल्ने छ । सिंगल राउण्ड रोबिनमा खेलाइने लिगको शीर्ष २ टोलीबीच फाइनल हुनेछ ।

पहिलो खेलमा म्यानमार र लेबनान खेल्दै छन् । साँझ ६ बजे नेपाल र कीर्गिस्तानबीच खेल हुनेछ ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ