टेटेको सर्टिफिकेसन कार्यक्रम सुरु

अखिल नेपाल टेबलटेनिस संघको आयोजनामा राष्ट्रिय अम्पायर सर्टिफिकेसन कार्यक्रम बिहीबारदेखि लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा सुरु भएको छ ।
कार्यक्रममा ३३ जनाको सहभागिता रहेको टेबलटेनिस संघका महासचिव कुँवेर सिंहले जनाएका छन् । कार्यक्रम अन्तर्राष्ट्रिय सर्टिफाइड अम्पायर नरेश रावलले सञ्चालन गरिरहेका छन् ।
सेमिनारको टेबलटेनिस संघका अध्यक्ष वृजेन्द्रबहादुर हमालले एक कार्यक्रमबीच उद्घाटन गरे । कार्यक्रम शुक्रबार सम्पन्न हुनेछ ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ