क्रिकेट एक्सिलेन्स काठमाडौं च्याम्पियन

ऋत गौतमको शतकीय इनिङ्ससँगै क्रिकेट एक्सिलेन्स सेन्टर (सिइसी) ले प्रधानमन्त्री कप पुरुष क्रिकेट काठमाडौं जिल्ला छनोटको उपाधि जितेको छ।

ग्रेट हिमालय क्रिकेट एकेडेमीलाई आइतवार १ सय ७ रनले पराजित गर्दै सिइसी काठमाडौं च्याम्पियन बनेको हो।

२ सय ६२ रनको लक्ष्य पछ्याएको ग्रेट हिमालयले २६.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ५४ रन मात्र बनाउन सक्यो ।

ग्रेट हिमालयका इशान पाण्डेले शतकका बाबजुद टोली पराजित भयो । इशानले नटआउट १ सय ७ रन बनाए। रितेश आग्रीले २६ रन जोडे। सिइसीका पृथु बास्कोटा, विवेकानन्द सहानी र दयानन्द मण्डलले समान २ विकेट लिए।

त्यसअघि मुलपानी तल्लो क्रिकेट मैदानमा पहिला ब्याटिङ गरेको सिइसीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ६१ रन बनाएको थियो।

ऋतले सर्वाधिक १ सय १३ रन बनाए। विरेन्द्र धनाडी ६७ र पृथु बास्कोटा ४१ रन जोडे । ग्रेट हिमालयका इशानले स ४ , किरण बूढामगरले ३ र दर्शिल विष्टले १ विकेट लिए।

ग्रेट हिमालयका इशान पाण्डे प्लेयर अफ द सिरिज भए। महावीरका सोनु देवकोटा उत्कृष्ट ब्याटर र न्यु भिजन क्लबका मनसुन सिंह उत्कृष्ट बलर घोषित भए।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ