भेट्रान एथलेटिक्स टोली थाइल्यान्ड जाने

थाइल्यान्ड मास्टर्स एथलेटिक्स च्याम्पियनसिपको २९ औं संस्करणमा सहभागी हुन ९ खेलाडीसहित ११ सदस्यीय नेपाली टोली सोमबार थाइल्यान्डको चाङमाइ प्रस्थान गर्ने भएको छ ।

फेब्रुअरी १२ मा हुने प्रतियोगितामा कृष्णप्रसाद सिग्देल, गिवार्णविक्रम शाह, सुनिल शाक्य, नरेन्द्रमान श्रेष्ठ, अशोक विष्ट, गौतम माझी, सुनिलकुमार लालवानी, शंकर शाह र गोविन्दबहादुर थापालले विभिन्न उमेरसमूहको विभिन्न स्पर्धामा प्रतिस्पर्धा गर्ने छन् ।

टिम व्यवस्थापकमा भैरव शाही र अफिसियलमा सची शाह छन् । टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले आइतबार एक कार्यक्रमबीच बिदाइ गरे ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ