राजु दर्शनको अध्यक्षतामा १५ सदस्यीय बागमती प्रदेश सुटिङ संघ आइतबार निर्विरोध चयन भएको छ । उपाध्यक्षमा प्रविन्द्र बस्नेत र सुकुमार थपलिया, सचिवमा उपेन्द्र थापा, उपसचिवमा हरिबहादुर थापा र कोषाध्यक्षमा विपेश खड्का रहेका छन् ।
रुविना श्रेष्ठ, टीकाराम श्रेष्ठ, करि योञ्जोम गुरुङ, सरस्वती बानियाँ, कृष्णबहादुर घोरासैनी, सुदन खड्का, दिपक थापा, मित्रलाल थोकर तामाङ र रोहित मानन्धर सदस्यमा चयन भएका छन् ।
