
राष्ट्रिय खेलकुद परिषद्ले प्रशिक्षकहरुलाई सुष्म प्रशिक्षण विधि सम्वन्धी विशेष प्रशिक्षण प्रदान गरेको छ । लङ ट्रेनिङ प्लान अन्तर्गत हाईलेवल स्पोर्टस सेमिनार र स्किल डेभ्लपमेन्ट प्रशिक्षणमा उत्कृष्ट हुन सफल १३ जना प्रशिक्षकहरुलाई माईक्रो साईकल डिजाईन वर्कसप आयोजना गरिएको हो । ६ दिन सम्म सन्चालन भएको वर्कसपको समापन गर्नु हुदै परिषद्का सदस्य सचिव टंकलाल घिसिङले प्रशिक्षणमा सुष्म विधिको प्रयोगले उत्कृष्ट खेलाडी उत्पादनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । परिषद्ले प्रशिक्षकहरुलाई विशेष प्रशिक्षण प्रदान गर्दै जाने पनि जानकारी दिनुभयो ।
प्रशिक्षकहरुलाई सुशिलनरसिंह राणाले प्रशिक्षण विधि र नवराज कडेलले साईकोलोजी सम्वन्धि प्रशिक्षण दिनुभएको तालिम तथा प्रशिक्षण विभागका नायव बरिष्ठ प्रशासकिय अधिकृत सुजन खतिवडाले जानकारी दिनुभएको छ । समापन कार्यक्रम तालिम तथा प्रशिक्षण विभागका निर्देशक तथा कार्यक्रमका संयोजक सोभितराज प्रसाईंको अध्यक्षतामा भएको थियो ।