मच्छिन्द्रको जितमा राहुलको दुई गोल

 राहुलकुमार योञ्जनको दुई गोलसँगै मच्छिन्द्र फुटबल क्लबले एन्फा यु-१६ युथ लिगमा जित हासिल गरेको छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा सोमबार सम्पन्न खेलमा मच्छिन्द्रले २-० को जित हासिल गरेको हो। 

३७औं मिनेटमा राहुलले मच्छिन्द्रलाई सुरुआती अग्रता दिलाएका थिए। दोस्रो हाफको इन्जुरी समयमा उनले अर्को गोल थपे।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ