नवनियुक्त उपाध्यक्ष आचार्यलाई पूर्व उपाध्यक्षहरुको बधाई

काठमाडौं, माघ २ गते । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का नवनियुक्त उपाध्यक्ष ध्रुव आचार्यलाई राखेपका पूर्व उपाध्यक्षद्वय पिताम्बर तिम्सिना र शिव कोइरालाले बुधबार बधाई दिएका छन् ।

त्रिपुरेश्वरस्थित राखेपमा रहेको उपाध्यक्ष आचार्यको कार्यकक्षमा पुगी औपचारिक भेटघाट गर्ने क्रममा आचार्यलाई बधाई दिंदै पूर्व उपाध्यक्षद्वयले पूर्ण कार्यकाल सफलताको शुभकामनाका साथमा बधाई दिएका हुन् ।

उक्त भेटका अवसरमा उनीहरुबीच खेलकुदको समसामयिक विषयमा छलफल भएको उपाध्यक्ष आचार्यको सचिवालयले जनाएको छ । भेटपछि खेल डायरीसंग कुरा गर्ने क्रममा आचार्यले खेल अनि खेलाडीको विकास र हितको सवालमा सबैसंग हातेमालो गरेर अघि बढ्ने बताउंदै पूर्व उपाध्यक्षहरुले यसरी नयाँ उपाध्यक्षलाई माया गरी न्यानो स्वागत गर्नु पनि एउटा खेल भावनाकै अभिन्न पाटो रहेको उल्लेख गर्नुभयो।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ