प्रथम एसियाली एकायन कराते प्रतियोगिता २०२५ सम्पन्न

किर्तिपुरस्थित किर्तिपुर कभर्डहलमा मिति २०८१ पौष २६ गते प्रथम एसियाली एकायन कराते प्रतियोगिता २०२५ सम्पन्न भएको छ । करिब ९ वटा एसियाली देशका कराते खेलाडीहरुको सहभागिता रहेको उक्त प्रतियोगिताको उद्घाटन समारोहमा सहभागि देशका प्रतिनिधिहरुको विशेष आतिथ्यता रहेको थियो । विशेष अतिथिहरु तथा नेपाल एकायन कराते संघका संस्थापक अध्यक्ष श्रीकृष्ण डंगोलले संयुक्त रुपमा उद्घाटन गर्नुभएको थियो । उक्त प्रतियोगितामा नेपाल, बंगलादेश, भारत, पाकिस्तान, श्रीलंका, इरान, भुटान, माल्दिभ्स तथा क्यानाडा (पर्यवेक्षक) का कराते खेलाडीहरुको सहभागिता रहेको थियो । उद्घाटन समारोहका अवसरमा साउथ एसियन एकायन कराते फेडेरेसनका प्रथम उपाध्यक्ष श्री शशी कपालीले स्वागत मन्तव्य व्यक्त गर्दै प्रतियोगिताको सफल संचालनको लागि शुभकामना व्यक्त गर्नु भएको थियो । उक्त प्रतियोगितामा महिला तर्फ ३ तथा पुरुष तर्फ ६ गरी जम्मा ९ वटा तौल समूहहरुका खेलहरु संंचालन गरियको थियो ।

महिलातर्फ ५० के.जी. ५५ के.जी. र खुल्ला तौल समूह तथा पुरुषतर्फ ५० के.जी. ५५ के.जी. र ६० के.जी. ६५ के.जी. ७० के.जी. र खुल्ला तौल समूहहरुका खेलहरु भएका थिए ।

प्रतियोगिता अन्तरगत महिलातर्फ ५० केजी तौल समूहमा नेपालका रेश्मिला राई, आयुषाा तामांग र कृपा खड्काले क्रमश प्रथम दोस्रो र तेस्रो स्थान हासिल गरेका थिए भने पाकिस्तानकी सलिमा खातुनले चौथो स्थान प्राप्त गरेकी थिइन । त्यसैगरी ५५ केजी तौल समूहमा नेपाल भारती मगर, खुशी तामांग तथा अन्जना तामांगले क्रमश प्रथम दोस्रो र तेस्रो स्थान हासिल गरेका थिए भने भारतकी निता श्रवणले चौथो स्थान प्राप्त गरेकी थिइन । खुल्ला तौल समूहमा नेपालीकी एलिया थापा मगर प्रथम, भारती सरिता चौधरी दोस्रो, बंगलादेशकी अरुनिता बोस तेस्रो तथा नेपालकी मेलिना मगर चौथो भएकी थिइन ।

प्रतियोगिताको पुरुषतर्फ ५० केजी तौल समूहमा नेपालका अनमोल श्रेष्ठ प्रथम, विवेश तामांग दोस्रो, जोन राई तेस्रो तथा भारका सुबोजित राय चौथो भएका थिए । ५५ केजी तौल समूहमा नेपालका विराज मगर प्रथम, सुवास नेपाली दोस्रो, इरानका अहमद आमिर तेस्रो तथा माल्दिभ्सका हमिद अलि अजिम चौथो भएका थिए । यसैगरी ६० केजी तौल समूहमाम नेपालका मनिष राई प्रथम, विक्रम धौलाकोटी दोस्रो, सामसुल हुदा तेस्रो तथा पाकिस्ताका मन्सुर खान चौथो स्थान हासिल गर्न सफल भएका थिए ।

पुरुष ६५ केजी तौल समूहमा नेपालका विशाल सुनुवार प्रथम, हेमन्त शाक्य दोस्रो, भुटानका सोनम दोर्जे तेस्रो तथा श्रीलंकाका बि. आदिशा चौथो भएका थिए । ७० केजी तौल समूहमा इरानका आमिर अलि अख्तर प्रथम, दोस्रो नेपालका शमसेर तामांग, तेस्रो भारतका रुपेश किशन चौधरी तथा नेपालका किशोर न्यौपाने चौथो स्थान हासिल गर्न सफल भएका थिए । यसै गरी पुरुष खुल्ला तर्फ भारतका बलवन्त सिं हुड्डा प्रथम, दोस्रो नेपालका केवल श्रेष्ठ, भारतका श्रीकान्त आहुजा तेस्रो तथा भुटान छोग्याल पुर्ना चौथो भएका थिए ।

विजयी खेलाडीहरुलाई विशेष अतिथिहरुबाट शिल्ड, पदक तथा प्रमाणपत्रले सम्मान गर्नुभएको थियो ।

यसै गरी उक्त अवसरमा बंगलादेशका शेख वाहिद अलि सिन्टु, पाकिस्तानका डा. अलि अकबर, अलि अस्गर, मोहम्मद पैमजल तथा रासिद अलि, भारतका अनिल तेतुंग, अर्पण सिंह कौशल, महेन्दर कुमार तथा शाहिल कौशल भुटानकी आरती लामा, श्रीलंकाका रोशन दशानायके, माल्दिभ्सका एहमद महलुफ र क्यानाडाका जे. डारियस तथा बेन्जामिन एन्डरसनलाई एकायन कराते अर्गनाइजेशनका तर्फबाट उहाँहरुले कराते खेलमा देखाउँदै आउनु भएको खेल कौशल तथा समर्पणको सम्मान स्वरुप विभिन्न डान डिग्रीहरुबाट सम्मानित गरिएको थियो ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ