मदन भण्डारी गोल्डकप इन्डो–नेपाल रनिङ सिल्ड पुरुष भलिबल च्याम्पियनसिपको उपाधि त्रिभुवन आर्मी क्लबलाई

बुटवलमा जारी मदन भण्डारी गोल्डकप इन्डो–नेपाल रनिङ सिल्ड पुरुष भलिबल च्याम्पियनसिप–२०८१ को उपाधि त्रिभुवन आर्मी क्लबले हात परेको छ ।

बिहीबार बुटवल उपमहानगरपालिका–१० रामनगरमा भएको प्रतियोगिताको फाइनल खेलमा नेपाल पुलिस क्लबलाई ३–२ को सेटमा पराजित गर्दै आर्मी उपाधि जित्न सफल बनेको हो ।
प्रतिस्प्रधात्मक आर्मीले पुलिसलाई १८–२५, २५–१८, २०–२५, २५–२२ र १५–७ को अंकमा पराजित गरेको हो । पहिलो सेट भने पुलिसले सजिलै जितेको थियो । दोस्रो सेटमा आर्मीका धनबहादुर भट्ट, धनपति कुँवर, दुर्गा खड्का र दुर्गा महतोले सजिलै आर्मीलाई पुनरागमन गराए र खेल बराबरी भयो । तेस्रो सेट पुलिसले आफ्नो खातामा पार्‍यो । पुलिसका रविन चन्द, रविन नगरकोटी, पहलमान गहतराज, सन्जुविक्रम शाहले उत्कृष्ट तालमेल गर्दै जित दिलाए ।

चौथो सेटमा दुवै टिमले उत्कृष्ट खेल देखाए । तर, पुलिसले जित निकाल्न सकेन । जित निकाल्न पुलिसका लागि आर्मीका धनबहादुर भट्ट ठूलो समस्या बने । भित्र र बाहिर दुवै तर्फबाट उनले गरेका शक्तिशाली प्रहारलाई प्रहरीले रोक्नै सकेन र खेल बराबरीमा पुग्यो । पाँचौं सेटमा प्रहरीले जित निकाल्ने अपेक्षा गरेको थियो । सुरुवाती चरणमा प्रहरीले अग्रता लिएको थियो । तर, लय गुमाउन लागेको आर्मीका खेलाडी त्यसपछि संयमित बने ।
अन्ततः पुलिसलाई ४ अंकमा रोक्दै अघि बढेका आर्मीका खेलाडीले पुलिसका सबै खाले प्रहारलाई कुशलतापूर्वक नियन्त्रण गर्दै अंक आफ्नो पक्षमा पार्न सफल भए । आर्मीका धनबहादुर भट्टले नै आर्मीलाई अधिकांश अंक दिलाए । अन्ततः अन्तिम ७ अंकका रोक्दै आर्मीले उपाधि हात पारेको थियो ।
प्रतियोगितामा मणिमुकुन्द भलिबल क्लब सेट ब्याकका आधारमा तेस्रो भयो । राष्ट्रिय खेल खेल्न काठमाडौं गएका भारतको गुजरात स्टेट भलिबलका मुख्य २ खेलाडी नफर्किएपछि गुजरातले तेस्रो प्रतिस्पर्धाको खेल नखेल्ने निर्णय लिएको थियो । विजेता आर्मीले ट्रफी, सिल्डसहित ७ लाख नगद पुरस्कार प्राप्त गर्‍यो ।

पुलिसले दोस्रो स्थानसहित ३ लाख ५० हजार रुपैयाँसहित ट्रफी प्राप्त गरेको छ । त्यस्तै खेलमा तेस्रो हुने मणिमुकुन्द भलिबल क्लबले १ लाख ५० हजार र चौथो हुने गुजरात स्टेट भलिबलले १ लाख रुपैयाँ प्राप्त गरेका छन् ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ