इन्डो–नेपाल भलिबल रनिङ शिल्डको उपाधिका लागि आर्मी र पुलिस आर्मी भिड्ने

बुटवल । बुटवलमा जारी मदन भण्डारी गोल्डकप इन्डो–नेपाल रनिङ शिल्ड पुरुष भलिबल प्रतियोगिता अन्तर्गत नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब बिहीबार हुने फाइनल खेलमा उपाधिका लागि भिड्ने भएका छन् ।

प्रतियोगिता अन्तर्गत मंगलवार भएको पहिलो सेमिफाइनलमा पुलिस र बुधवार भएको दोस्रो सेमिफाइनलमा आर्मी विजयी भएसंगै उनीहरुबीचको यो फाइनल भिडन्त पक्का भएको हो ।

पहिलो सेमिफाइनलमा पुलिसले भारतको गुजरात स्टेट भलिबल क्लबलाई हराउँदै फाइनलमा पुगेको थियो। पुलिसले २५–२७, २५–१४, २५–२१ र २७–२५ को जित निकालेको थियो । त्यसैगरी बुधबार भएको अर्को सेमिफाइनलमा आर्मीले मणिमुकुन्द भलिबल क्लबलाई २५–१८, २५–१३ र २५–१९ को सोझो सेटमा पराजित गरेको थियो । प्रतियोगिताको विजेताले ७ लाख, दोस्रो टोलीले ३ लाख ५० हजार, तेस्रोले १ लाख ७५ हजार र चौथो हुने टोलीले १ लाख रुपैयाँ पाउनेछ ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ