पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र भारतको गुजरात भलिबल‌ एसोसिएसन विजयी

बुटवल। मदन भण्डारी गोल्डकप इन्डो–नेपाल रनिङ शिल्ड पुरुष भलिबल च्याम्पियनसिप–२०८१ अन्तर्गत को चौथो दिनको तीन छुट्टाछुट्टै खेलहरुबाट नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र भारतको गुजरात भलिबल‌ एसोसिएसन विजयी भएका छन् ।

जसअनुसार दिनको पहिलो खेलमा नेपाल पुलिस क्लबले मणिमुकुन्द भलिबल क्लबलाई ३-१ ले पराजित गर्यो । पहिलो सेट २५-१५ ले जितेको पुलिसले दोस्रो सेट २०-२५ ले गुमाएको थियो । त्यसपछिका दुई सेटमा २५-२० र २५-१८ को जितका साथ पुलिसले खेल आफ्नो पक्षमा पार्यो ।
अर्कोतर्फ़ गुजरातले नेपाल एपिएफ क्लबलाई ३-१ सेटमा पराजित गर्यो । एपिएफले पहिलो सेट २५-२१ ले जिते पनि लगातार तीन सेट हार्न पुगेपछि खेल गुमाएको थियो।
त्यसैगरी दिनको अन्तिम खेलमा त्रिभुवन आर्मी क्लबले गलकोट भलिबल क्लबलाई पराजित गर्यो । गलकोटमाथि आर्मीले ३-० को सोझो सेटमा जित हात पार्यो । आर्मीले २५-२१, २५-२३ र २५-१९ ले आफ्नो पक्षमा ल्यायो ।

तस्विर : तेजविक्रम बस्नेत

तस्विर : तेजविक्रम बस्नेत

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ