मेयर कप टेबलटेनिसको पुरुष टिम इभेन्ट स्वर्ण विजेता वडा ७ टोली ।

ललितपुर महानगरपालिका वडा ७ ले छैटौं मेयर कप ललितपुर महानगरपालिका अन्तर वडा टेबलटेनिस प्रतियोगिताको पु?ष टिम इभेन्टमा स्वर्ण जितेको छ । स्वर्ण विजेता खेलाडी टोलीमा डिकेन महर्जन, एलेक्स महर्जन, एलेन महर्जन, मिजेन शाक्य र निकेश जोशी छन् । ज्याकी महर्जन टोली प्रशिक्षकको जिम्मेवारीमा छन् ।
पाटनको गःछेंःमा भएको फाइनलमा वडा ७ ले वडा ८ लाई ३–१ ले पराजित ग¥यो । वडा ७ ले पहिलो सिंगल्स गुमाए पनि खेलमा पुनारगमन ग¥यो र लगातार ३ सिंगल्स जित्दै स्वर्ण हात पा¥यो ।
पहिलो सिंगल्समा एसियाली खेलकुदमा सहभागिता जनाइसकेका वडा ८ का ?विन महर्जनले वडा ७ का डिकेनलाई ११–५, ११–७, १)–१२ र ११–४ को सेटमा पराजित गरे । अन्य सिंगल्समा वडा ७ का एलेक्सले विपुल महर्जनलाई ११–८, (–११, ११–५ र १५–१३ तथा ?विनलाई ११–(, ११–८, ८–११ र ११–७ को सेटमा हराए । एलेनले ज्ञानेश्वर महर्जनलाई ७–११, ११–६, ११–५ र ११–६ को सेटमा पाखा लगाए ।
ललितपुर महानगरपालिका वडा ( द्वारा आयोजित प्रतियोगिताको महिला टिम इभेन्टमा वडा १७ ले स्वर्ण, वडा ८ ले रजत तथा वडा १( र १६ ले कांस्य जिते । पु?ष भेट्रान टिम इभेन्टमा वडा २) पहिलो, वडा १६ दोश्रो तथा वडा ११ र ( तेश्रो भए ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ