इनोभेटिभ र चैतन्य शिक्षा संस्कारले १३ औं प्याब्सन मध्य क्षेत्रीय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा आइतबार जित हात पारेका छन् ।
प्याब्सन मध्य क्षेत्रीय समितिको आयोजनामा भइरहेको प्रतियोगितामा इनोभेटिभले हेम्सलाई २३–३ ले सहजै पराजित गर्यो । इनोभेटिभकी दिपासा खड्काले १० अंक योगदान गरिन् । अनिशा मगरको २२ अंक सहयोगमा चैतन्यले अवेरनेस इन्टरनेसनल एकेडेमी (एआईए) लाई ४०–५ ले हरायो । काठमाडौं जेभियर्स विरुद्धको खेलमा भने इनोभेटिभ ३२–१६ ले पछि पार्यो। काठमाडौं जेभियर्सकी कुशुवारले १९ अंक स्कोर गरिन् ।
सिनियर गल्र्समै एसियन पब्लिकले सनसाइनलाई २२–११ तथा श्रृजनशीलले अल्वर्टलाई १६–९ ले पाखा लगाए । एसियन पब्लिककी शिखा बोहराले १० तथा श्रृजनशीलका समी मगर र समृद्धि अर्यालले समान ४–४ अंक जोडे ।
जुनियर ब्वाइजमा सनसाइनले काठमाडौं इङलिस स्कुल (केइएस) लाई २९–१३, हेम्सले चैतन्यलाई ३१–७ र लिटिल फ्लावरले अल्वर्टलाई ३३–२५ ले पन्छाए । सनसाइनका ऋतिक गिरीले २२, हेम्सका सत्यम ठाकुरले ८ र लिटिल फ्लावरका निशान थापाले १५ अंक बटुले ।
सिनियर ब्वाइजमा एभरेष्ट फ्लोरिडाले एसियनलाई ३३–२२, स्वप्न वाटिकाले इकेडालाई ३२–८, एआईएले अल्वर्टलाई ३३–१५, काठमाडौं जेभियर्सले चैतन्यलाई २७–१७, मार्वलसले स्पाङ्गेललाई ४०–१९, हेम्सले केइएसलाई ४७–९ र सनसाइनले लिभरपुललाई ४८–४ ले पराजित गरे । डेनेबका विवेक बस्नेतले ११, स्वप्न वाटिकाका अर्जुन तामाङले ६, एआईएका इशकले ९, काठमाडौं जेभियर्सका प्रिन्सले ११, मार्वलसका सुविनले १३, हेम्सका सुवास राईले १३ र सनसाइनका सोनाम तामाङले २१ स्कोर गरे ।
