इन्डोनेसियामा विनोद र उमेशलाई पदक

इन्डोनेसियाको बालीमा भएको एभीएफ एसियाली भिभोनम मिक्स मार्सल आर्ट्‌स च्याम्पियनसिपमा विनोद श्रेष्ठ र उमेश महर्जनले पदक जितेका छन् ।

विनोदले पुरुष ७० केजीमा रजत तथा उमेशले पुरुष ६५ केजी तौलसमूहमा कांस्य जितेको प्रशिक्षक राजीव महर्जनले जनाएका छन् । प्रशिक्षक महर्जनका अनुसार प्रतियोगितामा २२ राष्ट्रका ३ सय ३५ खेलाडी सहभागी थिए ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ