भुटानसँग पहिलोपल्ट हार्यो उमेरसमूहको नेपाली टोली

नेपाल पहिलोपल्ट उमेर समूहमा भुटानसँग पराजित भएको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको मैत्रीपूर्ण खेलमा भुटानको यु-१६ टोलीसँग नेपाल ५-१ ले पराजित भएको हो। अहिलेसम्म उमेरसमूहमा नेपालले भुटानसँग हार बेहोर्न परेको थिएन।

छिरिङ लामोले दुई र क्विनदेन सोनम सोज्ञालले एक गोल गर्दै पहिलो हाफमै फराकिलो अग्रता लिएको थियोे।

२३औं मिनेटमै भुटानले सुरूआती अग्रता लिएको थियोे। खान्दु सोमोले मिलाइएको बललाई नेपाली डिफेन्डरले रोक्न नकस्दा सोनम गोलमा परिणत गरिन्। त्यसको ११औं मिनेटमा खान्दुले नै मिलाइएको बलमा छिरिङले गोल गरिन्।

आफ्नै खेलाडीसँग तालमेल नमिले पनि उनले अन्ततः गोल गरिन्। त्यसको पाँच मिनेटपछि नै उनले नै गोल थपिन् र पहिलो हाफमा फराकिलो अग्रता दिलाइन्।

दोस्रो हाफमा भुटानले थप दुई गोल थप्यो। ६५औं सोनमले व्यक्तिगत दोस्रो र टोलीका लागि चौथो गोल गरिन्। ८४औं मिनेटमा युगेन सोमोले पेनाल्टीमार्फत गोल गरेपछि भुटान खेलमा ५-० ले अगाडि रह्यो। लगत्तै ज्ञान्शु डोल्मा लोको क्रसमा वैकल्पिक खेलाडी सविना तामाङले गोल गर्दै खेल ५-१ मा ल्याइन्। तर, त्यो जितका लागि पर्याप्त बनेन।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ