एन्फाबाट कुमारको स्थानमा ओलम्पिकमा मनिष

अखिल नेपाल फुटबल संघ एन्फाले नेपाल ओलम्पिक कमिटि एनओसीको आसन्न निर्वाचनमा मनिष जोशीलाई प्रतिनिधि पठाएको छ ।

ओलम्पिकको वर्तमान कार्यसमितिका सदस्य रहेका एन्फाका उपाध्यक्ष कुमार केसीको स्थानमा एन्फाले मनिषलाई ओलम्पिकमा प्रतिनिधि पठाएको छ । 

कुमार र मनिषले फरक प्यानलबाट एन्फाको पछिल्लो निर्वाचनमा क्रमश उपाध्यक्ष र कार्यसमिति सदस्य जितेका थिए । तर कुमारलाई बाहिर राख्दै मनिषको नामलाई एन्फाको वर्तमान नेतृत्वले अघि सारेको छ ।

संघमा कार्यसमिति सदस्य हैसियतमा रहेर ओलम्पिकमा प्रतिनिधि बन्ने मनिष एक्लो र भाग्यमानी ब्यक्ति हुन् । अन्य सबै संघले अध्यक्ष र महासचिवलाई ओलम्पिक प्रतिनिधि बनाएर सिफारिस गरेका छन् । मनिष पहिलो पटक ओलम्पिकको प्रतिनिधि बनेका हुन् । 

कुमार र मनिषले विपक्षी प्यानलमा रहदै एन्फा निर्वाचनमा चुनाव जितेका थिए । चुनावपछि मनिषले कित्ता परिवर्तन गर्दै वर्तमान अध्यक्ष पंकजबिक्रम नेम्वाङलाई समर्थन गरिरहेका छन् । एन्फाको वर्तमान नेतृत्वसँग कुनै पनि सम्झौता नगरेका कुमार ओलम्पिकबाट बाहिरिनुपरेको छ । 

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ