फिफा वर्ष खेलाडीको अवार्ड भिनिसियस र बोनमाटीलाई

पुरुषतर्फ ब्राजिलका भिनिसियस जुनियर र महिलातर्फ बोनमाटीले फिफा वर्ष खेलाडीको अवार्ड जितेका छन् ।

२४ वर्षिय ब्राजिल तथा रियल म्याड्रिडका फरवार्ड जुनियरले रियललाई ला लिगा र च्याम्पियन्स लिगको उपाधि दिलाउन ३९ खेलमा २४ गोल गरेका थिए ।

जुनियरले स्पेन र म्यानचेस्टर सिटीका मिडफिल्डर रोड्री र रियल तगा इङ्गल्याण्डका मिडफिल्डल जुड बेलिङ्घमलाई पछि पारेका थिए ।

त्यस्तै फिफा महिला खेलाडीको अवार्ड स्पेन तथा बार्सिलोनाकि मिडफिल्डर एइटाना बोनमाटीले जितेकि छिन् ।

लगातार दोश्रो पटक उपाधि जितेकि बोनमाटीले बार्बरा बान्ठा र क्यारोलिन ग्राहाम ह्यान्सनलाई पाखा लगाएकि थिइन् ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ