हिमरश्मिको विजयी सुरुआत

आयोजक हिमरश्मि नीलोले प्रथम हिमरश्मि कप यु-१९ कलेज/स्कुल उपत्यकाव्यापी छात्र भलिबल प्रतियोगितामा मंगलबार विजयी सुरुआत गरेको छ ।

तार्केश्वर नगरपालिका ९ स्थित घरेलु कोर्टमा हिमरश्मि नीलोले गणेश कलेजलाई २५-१२ र २५-२१ को सोझो सेटमा पराजित गर्‍यो । सोही दिन हिमरश्मिको रातो टोलीले पनि २ खेल खेलेकोमा दुवैमा पराजय व्यहोर्‍यो । ओरियन्टले हिमरश्मि रातोलाई २५-२१, १८-२५ र १५-११ तथा एनआर कलेजले हिमरश्मि रातोलाई २५-२०, २०-२५ र १५-६ ले हरायो ।

अन्य खेलमा गीताञ्जली कलेजले कालीदेवी माविलाई २८-२६ र २५-१४, ग्रामिण मल्टिपल क्याम्पसले ग्राम सेवालाई २५-२१ र २५-१९, जय मल्टिपल क्याम्पसले पासाङ ल्हामुलाई २५-११ र २५-१७, लालीगुराँसले प्रारम्भलाई २१-२५, २५-२१ र १५-९ तथा न्युटनले चाणक्यलाई २५-१६ र २५-१२ ले पाखा लगाए ।

प्रतियोगिताको तार्केश्वर नगरपालिकाका मेयर कृष्णहरि महर्जनले एक कार्यक्रमबीच उद्घाटन गरे । शीर्ष तीन स्थानमा रहने टिमले क्रमशः २५ हजार, १५ हजार र ५ हजार नगद पुरस्कार प्राप्त गर्ने हिमरश्मिका संस्थापक प्रिन्सिपल लोकेन्द्रबहादुर खड्काले जनाएका छन् । लिग कम नकआउट प्रतियोगितामा २१ टिम सहभागी छन् ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ