रोल्लर स्केटमा राजन र निर्जला पहिलो

रोल्लर स्केटमा राजन र निर्जला पहिलो
राजन मगराती र निर्जला श्रेष्ठ तेश्रो राष्ट्रिय फ्रिस्टाइल रोल्लर स्केट प्रतियोगितामा आइतबार पहिलो भएका छन् । नेपाल स्केटिङ तथा स्केटबोर्डिङ संघको आयोजनामा भएको प्रतियोगिताको पुरुषमा राजन र महिलामा निर्जला पहिलो भएका हुन् ।
गोल्फुटारमा भएको प्रतियोगिताको पुरुषमा सोहन गुरुङ दोश्रो र रोहन कुँवर तेश्रो भए । महिलामा सन्ध्या मगरले रजत तथा र निमिषा तामाङले कांस्य जिते । पुरुष÷महिला दुवैमा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः १५ हजार, १० हजार र ५ हजार नगद पुरस्कार प्राप्त गरे ।
पुरुषमा सहभागी २ सय ५० खेलाडी मध्ये ४० तथा महिलामा सहभागी १ सय ५० मध्ये १० खेलाडी प्रतियोगिताको मुख्य प्रतिस्पर्धामा सहभागी भएका थिए । खेलाडीको छनोट चरणको खेल शनिबार भएको थियो । सोही छनोट चरणबाट खेलाडी छानिएको आयोजक संघका महासचिव सत्य थापाले जनाएका छन् ।
विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, नेपाल क्लाइविङ संघका अध्यक्ष रमेश पौडेल, आयोजक संघका अध्यक्ष अच्युत खनाललगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।
समापनका अवसरमा अध्यक्ष खनालले यसै प्रतियोगिताको प्रदर्शनलाई आधार मानी समान ५÷५ पुरुष÷महिला गरी १० खेलाडीलाई दक्षिण कोरियामा जुनमा हुने एसियन रोलर डारबी प्रतियोगितामा सहभागी गराइने जानकारी गराए ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ