वरिष्ठ खेल पत्रकार श्याम चित्रकारको मेरुदण्डको सफल शल्यक्रिया

वरिष्ठ खेल पत्रकार श्याम चित्रकारको मेरुदण्डको सफल शल्यक्रिया भएको छ । विगत पांच दशकभन्दा पनि लामो समयदेखि फोटोग्राफी अनि भिडियोग्राफीको माध्यमबाट सिंगो नेपाली खेल क्षेत्रको श्रीवृद्धिमा अनवरत सक्रिय चित्रकार आफू केही समयको विश्रामपछि पुनः पुरानै लयमा फर्कने बताउनुहुन्छ।

८३ वर्षीय चित्रकारको शल्यक्रिया सिनामंगलस्थित के एम सी अस्पतालमा गरिएको हो। शल्यक्रियामा संलग्न डा बिमल पाण्डे,डा प्रकाश सिटौला लगायतको टिमका अनुसार उहाँको अवस्था सामान्य छ। यसैबीच उहाँको पारिवारिक स्रोतका अनुसार हाल उहाँलाई क्याबिनमा सारिएको छ ।

Share

One thought on “वरिष्ठ खेल पत्रकार श्याम चित्रकारको मेरुदण्डको सफल शल्यक्रिया

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ