प्रदेश हक्कीसंघ गण्डकीको अध्यक्षमा दिपक बहादुर थापा सर्वसम्मत निर्वाचित भएका छन् ।
शुक्रबार सम्पन्न संघको प्रथम साधारण सभा तथा अधिवेशनले पोखरामा अध्यक्षमा थापासहित ९ सदस्यिय कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो । त्यसैगरी उपाध्यक्षमा बल बहादुर शाही, सचिवमा अजय क्षेत्री, सहसचिवमा दिब्या पोखरेल, कोषाध्यक्षमा यमन रसायली सर्वसम्मत निर्वाचित भएका छन् भने कार्यसमिति सदस्यमा राजु थापा, रविकान्त आचार्य, अशोक गुरुङ र दुध प्रसाद गुरुङ निर्वाचित भएका छन् ।
यस अघि दिपक बहादुर थापाको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा नेपाल हक्की संघका उपाध्यक्ष हिमाल खड्का , प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य केशव पाठक लगायतको उपस्थिति थियो।
यसैबीच मलेसियामा आयोजना हुने प्रतियोगितामा नेपाली टिममा रहेर गण्डकीबाट प्रतिनिधित्व गर्ने खेलाडीद्वय अनुस्का थापा, विवेक विक तथा टिम अफिसियल हित गुरुङलाई बिदाई गरिएको थियो ।
