खेलाडी संघको पहलमा अमिसा र गीतालाई सम्मान

अखिल नेपाल फुटबल खेलाडी संघको पहलमा महिला खेलाडीद्धय अमिसा कार्की र गीता राना नगद सहित सम्मानित भएका छन् ।

अमेरिकाको क्यालिफोर्नियास्थित सेजल आईटी कम्पनीसँगको सहकार्यमा फुटबल खेलाडी संघले अमिसा र गीतालाई जनही ७५ हजार रुपैयाँ नगद सहित सम्मान गरेको हो ।

अक्टोबरमा भएको साफ महिला च्याम्पियनसिपमा उत्कृष्ट प्रर्दशन गरेका दुई राष्ट्रिय महिला टिमका खेलाडीलाई नगद सहित सम्मान गरिएको फुटबल खेलाडी संघका अध्यक्ष बिक्रम लामाले बताए । 

सेजल आईटीका अध्यक्ष शंकर केसीले खेलाडीद्धय अमिसा र गीतालाई नगद ७५ हजार रुपैयाँ प्रदान गरेका थिए । ललितपुरको जावलाखेलस्थित एक रेस्टुरेन्टमा आयोजित कार्यक्रममा सिनियर प्रशिक्षक किशोर केसी र सुनिल श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो । 

महिला साफमा उत्कृष्ट प्रर्दशन गर्ने खेलाडीलाई हौसला बढाउन नगद सहित सम्मान कार्यक्रमको आयोजना गरिएको अखिल नेपाल फुटबल खेलाडी संघले जनाएको छ । 

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ