(एनपीएल) लुम्बिनीमाथि बिराटनगरको सनसनीपूर्ण पहिलो जित

बिराटनगर किङ्ग्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायन्समाथि सनसनीपूर्ण जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा बुधबार भएको खेलमा बिराटनगरले लुम्बिनीलाई दुई विकेटले हरायो । 

तीन खेल खेलेको बिराटनगरको यो पहिलो जित हो । लुम्बिनीले हारबाट खेलको सुरुवात गरेको छ । बिराटनगर यसअघि पहिलो खेलमा जनकपुर बोट्ल्ससँग आठ विकेट र दोस्रो खेलमा सुदूरपश्चिम रोयल्ससँग ९० रनले पराजित भएको थियो । 

जितका लागि एक सय ९२ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको बिराटनगरले १९.५ ओभरमा आठ विकेटको क्षतिमा एक सय ९३ रन जोड्दै लक्ष्य पूरा गरेको हो । बिराटनगरका लागि ओपनर लोकेश बमले सर्वाधिक ७१ रन बनाए । उहाँले ४७ बलमा तीन चौका र ६ छक्काको सहयोगमा अर्धसतकीय रन बनाए । 

यस्तै सिर अहमदले ४०, मार्टिन गुप्टिलले २८ र चेरिस सोलले अविजित १४ रन जोड्दै टोलीलाई जिताएको हो। बलिङमा लुम्बिनीका  दुर्गेस गुप्ताले तीन विकेट लिए । सद विन जफर र रामोन सिमोन्ड दुई दुई तथा विवेक यादवले एक विकेट लिए । 

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय ९१ रन बनाएको थियो । यो जारी लिगको सर्वाधिक ठुलो योगफल हो । 

लुम्बिनीका लागि कप्तान रोहित पौडेलले ४६ रन बनाए। कप्तान रोहित पौडेलले २९ बलमा चार चौका र दुई छक्काको सहयोगमा उक्त रन बनाएकोहो । यस्तै टम मोर्सले ३०, विवेक यादवले अविजित १९, ओपनर अर्जुन साउदले १७, आशुतोष घिरैया र साद बिन जफरले १५/१५ र सन्दीप जोराले १२ रन बनाए । 

बलिङमा विराटनगरका इस्मत अलाम, राजन पुलामी र कप्तान सन्दीप लामिछानेले एक एक विकेट लिए ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ