आईएयु १०० किलोमिटर वल्र्ड च्याम्पियनसिपमा सहभागी हुन ३ खेलाडीसहित ६ सदस्यीय नेपाली टोली मंगलबार भारतको बैंगलुरु प्रस्थान गरेको छ ।
मंसिर २२ गते हुने प्रतियोगितामा भुमिराज राई, सन्तोषनाथ योगी र लाक्पा निमा शेर्पाले प्रतिस्पर्धा गर्ने छन् । तीनै खेलाडी नेपाल प्रहरीका हुन् । प्रतियोगितामा खेलाडी सहभागी गराउन नेपाल एडभेन्चर रनिङ महासंघले छनोट प्रतियोगिता आयोजना गरेको थियो ।
टोली प्रमुखमा नेपाल एडभेन्चर रनिङ महासंघका कार्यवाहक अध्यक्ष राजन खत्री, प्रशिक्षकमा बाबुराजा श्रेष्ठ र अफिसियलमा रविन्द्र श्रेष्ठ रहेका छन् । टोली नेपालगन्ज, लखनउहुँदै बैंगलुरु जाने छ ।
टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत प्रशासन विभागका प्रमुख प्रेमबहादुर मल्लले मंगलबारै एक कार्यक्रमबीच बिदाइ गरे ।
