१६ ओैँ एशियन प्यासिफिक सितोरियो करातेमा सहभागी टोली स्वदेश फर्कियो

१६ ओैँ एशियन प्यासिफिक सितोरियो कराते प्रतियोगितामा २ स्वर्ण,२ रजत र ५ कास्य पदक सहित कुल ९ पदक जितेको नेपाली टोली सोमबार स्वदेश फर्किएको छ ।

नेपालको लागि सिनियर महिलातर्फ ६८ किलो तौलभन्दा माथि समुहमा १९औं एसियन गेम्सकी रजत पदक विजेता एरिका गुरुङ्गले नेपाललाई स्वर्ण पदक दिलाइन् । त्यसैगरि महिला तर्फकै –५० किलो तौल समुहमा अन्जली महर्जनले नेपाललाई स्वर्ण पदक दिलाएकी थिइन ।

यसैबीच एशियन प्यासिफिक सितोरियो कराते महासंघको अध्यक्षमा दावा गुरुङ निर्वाचित भएका छन् । सिंगापुरमा आईतवार वेलुकी सम्पन्न भएको बिशेष अधिवेशन ( कङग्रेश ) मा नेपाल सितोरियो कराते संघका अध्यक्ष समेत रहेका गुरुङ निर्वाचित भएका हुन् ।
एशियन प्यासिफिक अन्तर्गत सहभागी २८ राष्ट्रमा खसेको २३ मत मध्ये १८ मत प्राप्त गरि गुरुङ निर्वाचित भएको नेपाल सितोरियो कराते संघका प्रवक्ता गजेन्द्र वहादुर खपाङ्गी ’ईश्वर’ ले जानकारी गराए । गुरुङगका प्रत्यासी फिलिपिन्सका उम्मेदवारले ८ मत प्राप्त गरेका थिए । सिंगापुरमा १६ ओै एशियन प्यासिफिक प्रतियोगिता सम्पन्न भए पश्चात भएको विशेष अधिवेशन (कंङ्ग्रेश) ले आगामी १७ ओै एशियन प्यासिफिक सितोरियो कराते प्रतियोगिता कहाँ र कुन मितिमा आयोजना गर्ने भन्ने वारेमा एक महिना भित्रमा निर्णय गरी सार्वजनिक गर्ने नेपाल सितोरियो करातेका संरक्षक युवराज लामाले जानकारी गराए ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ