नेपालको सपना सपना नै रह्यो

नेपाली यू-१९ क्रिकेट टोली युएईमा जारी एसीसी यू-१९ एसिया कपको एक खेलअगावै प्रतियोगिताबाट बाहिरिएको छ ।

आइतबार भएको दोस्रो खेलमा बंगलादेशसँग पराजित भएसँगै नेपाल सेमिफाइनलमा नपुग्ने पक्का भएको हो । बंगलादेशले नेपाललाई ५ विकेटले हराएको हो ।

नेपालले दिएको १४२ रनको लक्ष्य बंगलादेशले २८.४ ओभरमा ५ विकेटको क्षतिमा भेट्टायो । जवाद अबरारले ५९ तथा कप्तान अजिजुल हाकिमले अविजित ५२ रन बनाए ।

नेपालका युवराज खत्रीले ४ विकेट लिए भने कप्तान हेमन्त धामीले १ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपाल ४५.४ ओभरमा १४१ रनमा समेटियो । नेपालका ओपनर आकाश त्रिपाठीले सर्वाधिक ४३ रन बनाए ।

बंगलादेशका अल फहाद, इकबाल हसन र रिजान होसनले २-२ विकेट लिए भने साद रजिन, उज्जमान रफी र अजिजुल हकिमले १-१ विकेट लिए ।

नेपाल पहिलो खेलमा श्रीलंकासँग ५५ रनले पराजित भएको थियो । अब अफगानिस्तानसँग मंगलबार खेल्ने छ । अफगानिस्तान पनि बाहिरिसकेको छ ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ