कोचिङ सेमिनारमा सहभागीलाई प्रमाण पत्र

राष्ट्रिय कोचिङ सेमिनारमा सहभागीलाई खुशिबुँस्थित स्ट्याग च्याम्पियन्स टेबलटेनिस एकेडेमीमा मंगलबार एक कार्यक्रमबीच प्रमाण पत्र प्रदान गरिएको छ । अखिल नेपाल टेबलटेनिस संघका उपाध्यक्ष सुमन खड्गी, एसियाली टेबलटेनिस युनियनका उपाध्यक्ष शंकर गौतमलगायतले सहभागीलाई प्रमाण पत्र प्रदान गरे ।

आईटीटीएफ माइ जेन्डर माइ स्ट्रेन्थ कार्यक्रमअन्तर्गत सेमिनार सञ्चालन गरिएको हो । नौपटककी राष्ट्रिय च्याम्पियन तथा अमेरिकाको युनिभर्सिटी अफ डेलावेरबाट आईसीइसीपीमा स्नातक गरेकी नविता श्रेष्ठले सहभागीलाई प्रशिक्षण दिएकी थिइन् ।

दुईदिने सेमिनारमा ४ पुरुष र १४ महिला गरी १८ जना सहभागी थिए । आईटीटीएफ माइ जेन्डर माइ स्ट्रेन्थअन्तर्गत यो तेश्रो कार्यक्रम हो । पहिलो चरणको कार्यक्रम भर्चुअल भएको थियो । दोश्रो चरणको कार्यक्रम अनसाइट प्रोजेक्ट एट एसियन कन्टिनेन्टल होप्स एन्ड च्यालेन्ज जोर्डनको अम्मानमा भएको थियो । त्यसमा नविता सहभागी भएकी थिइन् । विशेषगरी महिला लक्षित यो कार्यक्रम विश्वव्यापी रुपमा सञ्चालन गरिएको नविताले जनाएकी छन् ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ