नेत्रहीन क्रिकेट विश्वकपको पहिलो खेलमा नेपाल  ७० रनले पराजित

८ मंसिर, काठमाडौं । पाकिस्तानमा शनिबारदेखि सुरू भएको नेत्रहीन क्रिकेट विश्वकपको पहिलो खेलमा नेपाल पराजित भएको छ ।

नेपाल श्रीलंकासँग ७० रनले पराजित भएको हो । श्रीलंकाले दिएको १९६ रनको बलियो लक्ष्य पछ्याएको नेपालले १२५ रन मात्र बनाउन सक्यो ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले २० ओभरमा ४ विकेट गुमाएर १९५ रन बनाएको थियो । श्रीलंकाका दमिथ सन्दरुवानले ६६ बलमा अविजित १०० रन बनाए ।

नेपालका सुनिल रानामगरले १ विकेट लिए ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ