भलिबल खेलाडी उषा भण्डारी भाटभटेनीको स्पोर्ट्स ब्रान्ड एम्बासडर

नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी स्पाइकर उषा भण्डारी भाटभटेनी सुपर मार्केटको स्पोर्ट्स ब्रान्ड एम्बासडर नियुक्त भएकी छन् ।

सो अवसरमा खेलपोसाक कम्पनी टी टेन स्पोर्ट्सले पनि उषालाई ब्रान्ड एम्बासडर घोषणा गर्‍यो । कार्यक्रममा भाटभटेनी सुपर मार्केटका डाइरेक्टर कल्याण गुरुङ, टी टेनका हेड अफ बिजनेस डेपलभमेन्ट आलोकजंग जोशी र भलिबल खेलाडीबीच त्रिपक्षीय सम्झौता भएको थियो ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ