स्टार स्पोर्ट्सबाट एनपीएलका खेल प्रत्यक्ष प्रसारण हुने, सिद्धार्थ बैक टाईटल स्पोनसर

नेपाल प्रिमियर लिग (एनपीएल) स्टार स्पोर्ट्स च्यानलबाट प्रत्यक्ष प्रसारण हुने भएको छ ।

आयोजक क्रिकेट संघ (क्यान)ले शुक्रबार एक कार्यक्रम आयोजना गरेर खेल क्षेत्रको प्रशिद्ध टेलिभिजन स्टार स्पोर्ट्सबाट प्रत्यक्ष प्रसारण हुने जानकारी दिएको हो ।

क्यान सचिव पारस खड्काले स्टार स्पोर्ट्सबाट एनपीएलको प्रत्यक्ष प्रसारण हुने जानकारी दिएका हुन् । ८ टोलीले प्रतिस्पर्धा गर्ने एनपीएलको पहिलो संस्करण मंसिर १५ देखि पुस ६ गतेसम्म सञ्चालन हुनेछ ।

यस्तै नेपाल प्रिमियर लिग (एनपीएल) को मुख्य प्रायोजकमा सिद्धार्थ बैँक रहेको छ ।

क्यानले शुक्रबार एक कार्यकम आयोजना गर्दै सिद्धार्थ बैक टाईटल स्पोनसर रहेको जनाएको छ । क्यानका सचिव पारस खड्काले सिद्धार्थ बैँक टाइटल स्पोनसर रहेको जानकारी दिए ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ