लेवान्डोस्कीको २ गोलमा बार्सिलोना विजयी

६ फागुन, काठमाडौं । रोवर्ट लेवान्डोस्कीले दुई गोल गरेपछि बार्सिलोनाले स्पानिस ला लिगामा सेल्टाभिगोलाई २-१ ले पराजित गरेको छ । सेल्टाको घरेलु मैदानमा गएराती भएको खेलमा लेवान्डोस्कीले दुवै हाफमा गोल गरे । उनले इन्जुरी टाइममा विजयी गोल गरेका थिए ।

४५औं मिनेटमा लेवान्डोस्कीले लासिन यामलको पासमा गोल गर्दै पहिलो हाफमा बार्सिलोनालाई अग्रता दिलाएका थिए । तर दोस्रो हाफको दोस्रो मिनेटमै आएगो आसपासले सेल्टा भिगोका लागि बराबरी गोल फर्काए ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ