युएईमा जारी महिला टि ट्वान्टी विश्वकपमा भारतले पाकिस्तानलाई पराजित गरेको छ ।
दुबईमा आइतवार भएको खेलमा भारतले पाकिस्तानलाई ६ विकेटले पराजित गरेको हो । १ सय ६ रनको लक्ष्य भारतले १८.५ओभरमा ४ विकेट गुमाएर पूरा गरेको थियो। भारतलाई जित दिलाउनका लागि शेफाली बर्माले सर्वाधिक ३२ तथा कप्तान हरमनप्रित कौरले २९ रन बनाएका हुन् l
पहिलो खेलमा न्युजिल्यान्डसँग पराजित भारत पहिलो जितका साथ चौथो स्थानमा छ । पहिलो खेलमा श्रीलंकालाई पराजित गरेको पाकिस्तान तेस्रो स्थानमा छ ।
