एन्फाले अझै पेश गरेन कार्ययोजना

दशरथ रंगशालाको फुटबल मैदानलाई अन्तर्राष्ट्रिय स्तरको बनाउने सम्बन्धमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले माग गरेको अनुमानित लागत, समयावधी सहितको कार्ययोजना अखिल नेपाल फुटबल संघ (एन्फा) ले अझै पेश गरेको  छैन् ।

साउन अन्तिममा राखेपका सदस्य–सचिव टंकलाल घिसिङ र एन्फाका पदाधिकारीबीच भएको छलफलमा १५ दिन भित्र एन्फाले परामर्शदाताको सुझाव अनुसार कार्ययोजना पेश गर्ने सहमती भएको थियो । सहमती अनुसार एन्फाले पन्ध्र दिन भित्र अन्तर्राष्ट्रिय प्रविधिको प्रयोग गरि फुटबल मैदानलाई स्तरोन्नती गर्न कार्ययोजना पेश गर्नु पर्ने थियो ।


छलफल भएको एक महिना विति सक्दा पनि कार्य योजना पेश नगरेको भन्दै राखेपले फेरी ध्यानाकर्षण गराउन पत्राचार गरेको छ । सात दिन भित्र लागत, आवश्यक पर्ने समयावधीसहितको कार्ययोजना पेश गर्न पुन पत्राचार गरिएको राखेपअन्तर्गत संघ संस्था समन्वय शाखाका प्रमुख चन्द्रकुमार राईले जानकारी दिएका छन् ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ