विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब एन्फा महिला लिगमा बागमती युथलाई पराजित गर्दै दोस्रो स्थानमा उक्लिएको छ ।
चौथो खेलमा तेस्रो जित निकाल्ने क्रममा आर्मीले बिहीवार बागमतीमाथि ३-० को जित हात पार्यो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा आर्मीको जितमा विमला चौधरी, अमिशा कार्कीले समान १ गोल गर्दा आर्मीले १ गोल उपाहार स्वरुप पाएको थियो ।
आर्मीका लागि २६औ मिनेटमा विमलाले गोल गर्दै अग्रता दिलाएकी थिइन् । आर्मीकी अमिशाले खेलको ६१औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर बनाइन् । बागमतीकी सन्जु थिगंले आत्मघाती गोल गर्दा आर्मीका लागि जित सहज बन्यो ।
आर्मी ४ खेलबाट ९ जोड्दै दोस्रो स्थानमा उक्लिएको छ । बागमती समान खेलबाट ३ अंकका साथ सातौं स्थानमा छ ।
आजै हुने दोस्रो खेलमा अर्को विभागीय टोली नेपाल एपिएफ फुटबल क्लब र वालिङ नगरपालिकाबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो ३ः३० बजे सुरु हुनेछ ।
एपिएफ २ जित र १ बराबरीका साथ तेस्रो स्थानमा छ । वालिङलाई पराजित गरि एपिएफ शीर्ष स्थानमा उक्लिन चाहन्छ । वालिङ ३ खेलमा २ जित र १ बराबरीका साथ अंक तालिकाको पाँचौ स्थानमा छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजना सुरु भएको लिगमा १० टोलीको सहभागिता रहेको छ। पहिलो चरणमा सबै टोलीले एकअर्काको सामना गर्नेछ ।
