सुदूरपश्चिम विरुद्ध आर्मीको गोलको वर्षात

एन्फा कम्प्लेक्स सातदोबाटोमा मंगलवार भएको खेलमा त्रिभुवन आर्मी फुटबल क्लबले एन्फा महिला लिगमा सुदूरपश्चिम प्रदेशविरुद्ध गोलको वर्षा गरेको छ ।

आफ्नो तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा आर्मीले सुदूरपश्चिममाथि १३-१ को फराकिलो अन्तरले जित आफ्नो पक्षमा पार्न सफल भएको हो। एन्फा कम्प्लेक्स सातदोबाटोमा मंगलवार भएको खेलमा आर्मीलाई जित दिलाउन दिपा शाहीले ५, अनिता लम्जेलले २, चन्द्रा भन्डारी, विमला चौधरी, हिमा चौधरी, सावित्री देवी मगर, विमला विक र सन्जु कुमालले समान १ – १ गोल गरेका हुन् । त्यस्तैगरी दिपाले २४औं, ३०औं र पहिलो हाफको इन्ज्युरी समयमा गोल गर्दै ह्याट्रिक पूरा गरिन् । दिपाले पुन ५३ औं र ६१ औं मिनेटमा अर्को गोल थपिन भने ८१औं मिनेट र इन्ज्युरी समयमा गरि अनिताले २ गोल गर्दा टोलीको जित अझ फराकिलो भएको थियो।

३ खेलमा ६ अंकका साथ आर्मी तेस्रो स्थानमा उक्लिएको छ भने सुदूरपश्चिम समान खेलमा अंक बिहीन रहन पुगेको छ । ९ अंकसहित कोशी प्रदेश अंक तालिकाको शीर्ष र ७ अंकसहित एपिएफ फुटबल क्लब दोस्रो स्थानमा रहेका छन् । यो खेलसँगै एन्फा महिला लिगको तेस्रो राउन्डको खेलहरु पनि सकिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजना सुरु भएको लिगमा १० टोलीको सहभागिता रहेको छ। पहिलो चरणमा सबै टोलीले एकअर्काको सामना गर्नेछन् ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ