सन् २००३ पछि पहिलो पटक अर्जेन्टिनी कप्तान लियोनल मेसी तथा पोर्चुगलका कप्तान क्रिष्टियानो रोनाल्डोबिनै बालोन डि ओर अवार्डको प्रारम्भिक ३० खेलाडी सूची सार्वजनिक भएको छ।
गएराति राति सार्वजनिक गरिएको सनममा इङ्ल्यान्ड र स्पेनका समान ६–६ जना खेलाडी छन्। जसमा जुड वेलिंघम बलियो दाबेदार हुन्। रियाल मड्रिडबाट ७ खेलाडी परेका छन्।
पाँच पटकका विजेता रोनाल्डो पछिल्लो पटक मनोनयनमा परेका थिए। सन् २०२३ मा कीर्तिमानी आठौं पटक बालोन डी ओर जितेका मेसी पनि बाहिर छन्। १६ पटक मनोनयनमा परेका मेसी यसपटक कोपा अमेरिका जिते पनि ३० खेलाडीमा स्थान बनाउन सकेनन्।
स्पेनको ६ खेलाडीमा १७ वर्षका बार्सिलोनाका विंगर लामिन यमल पनि समावेश छन्। त्यस्तै, निको विलियम, एलेजान्ड्रो ग्रिमाल्डो, डानी ओल्मो, रोड्रि, र डानी कार्भाजाल छन्।
रियाल मिड्रडका सात खेलाडीमा केलियन एब्बाप्पे, जुड वेलिंघम र भिनिसियस जुनियर छन्।
इङ्ल्यान्डबाट कप्तान ह्यारी केन, बुकायो साका, डिक्लेन राइस, कोल पाल्मर र फिल फोडन छन्। महिलातर्फ पनि स्पेनबाट बार्सिलोनाका ऐटाना बोनमतीसँगै ६ खेलाडी समावेश छन्।
बालोन डि ओरको अन्तिम विजेता आगामी अक्टोबर २८ पेरिसमा हुनेछ।
को-को छन् सूचीमा?
बेलिङ्घम (इंग्ल्याण्ड र रियल म्याड्रिड)
रुबेन डायस (पोर्चुगल र म्यानचेस्टर सिटी)
फिल फोडेन (इंग्ल्याण्ड र म्यानचेस्टर सिटी)
फेडेरिको भाल्भर्डे (उरुग्वे र रियल म्याड्रिड)
एमिलियानो मार्टिनेज (अर्जेन्टिना र एस्टन भिल्ला)
अर्लिङ हाल्यान्ड (नर्वे र म्यानचेस्टर सिटी)
निको विलियम्स (स्पेन र एथलेटिक बिलबाओ)
ग्रानित जाका (स्विजरल्याण्ड र बायर लेभरकुसेन)
आर्टेम डोभबिक (युक्रेन र रोमा)
टोनी क्रुस (पूर्व जर्मनी र रियल म्याड्रिड)
भिनिसियस जूनियर (ब्राजिल र रियल म्याड्रिड)
ड्यानी ओल्मो (स्पेन र बार्सिलोना)
फ्लोरियन विर्ट्ज (जर्मनी र बायर लेभरकुसेन)
मार्टिन ओडेगार्ड (नर्वे र आर्सेनल)
माट हुमेल्स (जर्मनी, फ्री एजेन्ट)
रोड्रि (स्पेन र म्यानचेस्टर सिटी)
ह्यारी केन (इंग्ल्याण्ड र बायर्न म्युनिख)
डेक्लान राइस (इंग्ल्याण्ड र आर्सेनल)
भिटिनहा (पोर्चुगल र पेरिस सेन्ट जर्मेन)
कोल पाल्मर (इंग्ल्याण्ड र चेल्सी)
ड्यानी कार्भाजल (स्पेन र रियल म्याड्रिड)
लामिन यमल (स्पेन र बार्सिलोना)
बुकायो साका (इंग्ल्याण्ड र आर्सनल)
हाकान काल्हानोग्लु (टर्की र इन्टर मिलान)
विलियम सलिबा (फ्रान्स र आर्सेनल)
केलियन एमबाप्पे (फ्रान्स र रियल म्याड्रिड)
लाउटारो मार्टिनेज (अर्जेन्टिना र इन्टर मिलान)
एडेमोलस लुकम्यान (नाइजेरिया र एटलान्टा)
एन्टोनियो रुडिगर (जर्मनी र रियल म्याड्रिड)
अलेजान्ड्रो ग्रिमाल्डो (स्पेन र बायर लेभरकुसेन
