टेबलटेनिस संघको निर्वाचन शनिबार

अखिल नेपाल टेबलटेनिस संघको निर्वाचन शनिबार हुने भएको छ । निर्वाचन लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा हुनेछ ।

निर्वाचनका लागि राष्ट्रिय खेलकुद परिषद्ले खेलकुद विकास विभागका प्रमुख सरोजकुमार पोखरेलको संयोजकत्वमा ३ सदस्यीय निर्वाचन समिति गठन गरेको छ । सदस्यमा संघ संस्था समन्वय शाखाका प्रमुख चन्द्रकुमार राई तथा कानून शाखाका प्रमुख नारायणराज अर्याल रहेका छन् ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ