साउदी सुपर कपमा अल हिलालले अल नासरलाई पराजित गरेपछि पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो फेरी उपाधि विहिन भएका छन् ।
शनिबार भएको खेलमा रोनाल्डोले गोल गर्दा पहिलो हाफमा १-० ले अघि रहेको अल नासरले ४-१ को अन्तरमा हार बेहोर्नु परेको हो । दोस्रो हाफको मध्यतिर १७ मिनेटको अन्तरमा ४ गोल गरेपछि अल हिलालले उपाधि जित्न सफल भएको हो।
यो संगै अल हिलालाले लगातार दोस्रो पटक सुपर कप उपाधि जितेको हो । समग्रमा अल हिलालाको यो पाँचौ सुपर कप उपाधि हो ।
