तेस्रो टुसाल विद्यालय स्तरिय पौडी प्रतियोगिता हुने

नेपाल पौडी संघको प्राबिधिक सहयोग तथा टुसाल मल्टिभेन्यु प्रा लि को आयोजनामा तेस्रो टुसाल विद्यालय स्तरिय पौडी प्रतियोगिता हुने भएको छ। काठमान्डौ स्थित टुसाल मल्टिभेन्युमा शुक्रवार आयोजित एक पत्रकार सम्मेलन मार्फत उक्त जानकारी दिईएको हो।


आगामी भाद्र सात गते हुने एकदिने प्रतियोगिता २५ मिटरको फ्री स्टाइलमा खेलाइने छ भने प्रतियोगितामा ४ वटा विधाहरु समावेश गरिएका छन्। जसअनुसार जुनियर ब्वाइज , जुनियर गर्ल्स , सिनियर ब्वाइज र सिनियर गर्ल्सका विधाहरु रहेका छन्। प्रतियोगितामा सयजनाको हाराहारीमा प्रतिस्प्रर्धीहरुको अपेक्षा गरिएको छ भने निजी विद्यालयका सहभागीहरुलाई न्युनतम शुल्क तोकिएको र देशभरका सामुदायिक विद्यालयका सहभागीहरुलाई निशुल्क खेल्ने अवसर प्रदान गरिने टुसाल मल्टिभेन्युका जनरल म्यानेजर प्रविन बस्न्यातले जानकारी दिएका छन्। यसैबीच प्रतियोगिताका विजयी खेलाडीहरुलाई ट्रफी , मेडल तथा अन्य पुरस्कारहरु प्रदान गरिने आयोजकले जनाएको छ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ